PLEASE CLICK
ON ICON
TO DOWNLOAD
THE COURSE

1

             

अनि तिमीहरूले सत्यता जान्‍नेछौ, र सत्यताले तिमीहरूलाई स्वतन्‍त्र गराउनेछ। यूहन्‍ना 8:32

संसारको जुनसुकै स्‍थानबाट प्रत्‍यक्ष सुन्‍नको लागि निम्‍न link मा click गर्नुहोस्‌ वा मोबाइलको Hamro Patro app मा जानुहोला

रेडियो सन्‍देश Hamro Patro app बाट पनि Radio Sandesh Online मा गएर सुन्‍न सक्‍नुहुनेछ

इच्‍छाकामना एफ.एम को लागि  Live Radio मा गएर Live Broadcast लेखेको बायाँतिरको Play Icon

अन्‍य थप विविध पुस्‍तकहरू अध्ययनको लागि निम्‍न शिर्षकहरूमा Click गर्नुहोस्!

# पण्‍डित माधव उपाध्‍यायको जीवन गवाही

# यो संसार कहाँ पुगेर टुङ्गिएला?

# वास्‍तविकताको एक झलक

# साँचो चेलापन

# संसारका ख्रीष्‍टिय शहीदहरूa

# संसारका ख्रीष्‍टिय शहीदहरूb

# संसारका ख्रीष्‍टिय शहीदहरूc

# संसारका ख्रीष्‍टिय शहीदहरूd

# पवित्र आत्‍मा को हुनुहुन्‍छ?

# मनुष्‍य हृदय

एन.बी.सी.आई.को शुरूआत

इस्वी सम्वत् १८७० सालमा स्कोटल्याण्डबाट प्रेस्बिटरियन मिसनले भारतको दार्जीलिङ्ग जिल्लामा आफ्ना प्रचारकहरूलाई पठाउने क्रम शुरू गरे। त्यसपछि अरू मिसनहरूले त्यसै गरे; तीमध्ये WEC मार्फत श्री वानडाईक पनि पठाइए। इस्वी सम्वत् १९१५ सालमा उनले दार्जीलिङ्ग बाइबल करेस्पण्डेन्स इन्स्टिच्यूट (डी.बी.सी.आई.) नामक पत्राचार-केन्द्र शुरू गरे, किनभने त्यस समयमा विभिन्न रेडियो कार्यक्रमबाट प्रभु येशूको सुसमाचार सुनेर अझ बुझ्न चाहनेहरूका निम्ति उनले यो ठूलो खाँचो महसुस गरेर केही शिक्षाक्रमहरू तयार गरे। इस्वी सम्वत् १९६६ सालसम्म लगभग दस हजार विद्यार्थीहरूले यस इन्स्टिच्यूटमा भर्ना भई यी पाठ्यक्रम अध्ययन गरिसकेका थिए, अनि ती वर्षहरूमा यस प्रकारको बाइबलको शिक्षा पाउन चाहनेहरूको सङ्ख्या निक्कै बढ़िरहेको थियो।

पछि, यी विदेशबाट आएका प्रचारकहरूले भारतलाई छोड्ने बेलामा डी.बी.सी.आई.को जिम्मा श्रीमती जील जेम्स कूकलाई सुम्पिदिइयो, जसले २० वर्षसम्म बिहारको मोतिहारीबाट यो पत्रचार-केन्द्र ठूलो बोझसित चलाउनुभयो। यसको अवधिभित्र अरू दस हजार विद्यार्थीहरू यस इन्स्टिच्यूटमार्फत परमेश्‍वरको वचन पवित्र बाइबलका यी एकदम सरल, तर प्रभावकारी, अमूल्य आत्मिक शिक्षाक्रमहरू अध्ययन गर्न सफल भए। त्यसबेला पत्राचार-केन्द्रको नाम एन.बी.सी.आई. बदली गरियो; किनकि अब भारतमा मात्र होइन, तर नेपालमा अँ, खास गरी सारा संसारमा बसेका नेपाली भाषीहरूलाई यी पाठहरूमा सिकाइएका अमूल्य सत्यताहरू उपलब्ध गराउने उहाँको इच्छा थियो।

श्रीमती कूक वृद्धा हुनुभएको कारणले गर्दा इस्वी सम्वत् १९९४ सालदेखि एन.बी.सी.आई. कालिपोङ्गमा, त्यसपछि काठमाडौंमा सारियो। त्यस समयदेखि हाम्रा सेवाहरू यहाँबाट सबै नेपाली दाजुभाइ-दिदीबहिनीलाई उपलब्ध गरिएका छन्। परमेश्‍वरलाई धन्यबाद होस् ! अब यस वेबपेजसित एन.बी.सी.आई.का निम्ति एउटा नयाँ युग शुरू भएको छ; किनकि अबदेखि उसो विश्‍वभरिका मानिसहरूले इन्टरनेटमार्फत हाम्रा पाठ्यक्रमहरू अध्ययन गर्न पाउँदछन्। अब यसरी धेरै साल अघि हाम्रा मनमा उठेको दर्शन पूरा हुनेछ। इन्टरनेटको सहायता लिएर संसारको कुनैपनि ठाउँबाट तपाईंले एन.बी.सी.आई.का पाठ्यक्रमहरू अध्ययन गर्न र यिनका अमूल्य शिक्षा हासिल गरी कहिल्यै नाश नहुने आशिषहरू उठाउन सक्नुहुनेछ भन्ने हाम्रो दृढ़ आशा छ।

एन.बी.सी.आई.बाट उपलब्ध हुने सेवाहरू यस प्रकारका छन्।
बाइबल अध्ययन पाठ्यक्रमहरूः

१.बाँच्ने उपाय

२.प्रभु येशूका उखानहरू

३.प्रभु येशू ख्रीष्ट को हुनुहुन्छ ?

४.प्रभु येशू ख्रीष्टले मेरो निम्ति के गर्न सक्नुहुन्छ ?

५. 'चेला बनाऔं'

हालैमा एन.बी.सी.आई.को पत्राचार–केन्द्रबाट पाँच शिक्षाहरू उपलब्ध गरिएका छन्। पहिला चार पाठ्यक्रमहरूले हाम्रो आत्मिक जीवनमा बलियो जग बसाल्दछन्, किनभने यिनमा आधारभूत विषयहरू लिएर तपाईंलाई शिक्षा दिइन्छ। प्रथम शिक्षाक्रममा संसार र मानिसको सृष्टि कसरी भयो? पाप गरेर मानिसको आत्मिक र नैतिक पतन कसरी भयो, र हामी सबै मानिसहरूले भोग्नुपर्ने त्यसका नतिजाहरू के के हुन्? साथै आफ्ना पापहरूबाट मानिसले कसरी मुक्ति पाउँछ भन्ने मुख्य विषयहरू सिकाइन्छ भने दोस्रो पाठ्यक्रममा प्रभु येशूले सिकाउनु भएका दृष्टान्तहरूको अर्थ खोलेर बताइन्छ। तेस्रो पाठ्यक्रममा तपाईंले प्रेरित यूहन्नाले लेखेको प्रभु येशूको जीवनको अध्ययन, अनि चौथो पाठ्यक्रममा नयाँ नियम बाइबलबाट तपाईंले व्यवहारिक शिक्षाहरू पाउनुहुन्छ।

हरेक पाठ्यक्रमको आ–आफ्नै प्रमाण–पत्र दिइन्छ; र अरू आत्मिक पुस्तकपुस्तिकाहरू सित्तैंमा पठाइन्छ। यी चारवटा अध्ययनक्रम सफलतापूर्वक पूरा गर्नेहरूलाई हामी उपहार–स्वरूपमा पवित्र बाइबलको एक प्रति हुलाकमार्फत पठाउनेछौं। यसरी तपाईं संसारको जुनैसुकै ठाउँमा बसेर पनि तपाईंलाई एन.बी.सी.आई.को रेखदेख र अगुवाइमा धर्मशास्त्र पवित्र बाइबलको अतुलनीय शिक्षा सित्तैंमा उपलब्ध गरिन्छ।
पाँचौ शिक्षाक्रमको नाम 'चेला बनाऔं' हो, र चेलापनको विषयमा अर्थात् प्रभु येशूलाई प्रभु र मुक्तिदाताको रूपमा अपनाएर कसरी उहाँको शिक्षा अनुकरण गरेर उहाँको विश्वासी अनुयायी बन्न सकिन्छ, सो सिकाइन्छ। यो पाठ्यक्रम विशेष यस्ताहरूका निम्ति तयार गरिएको छ, जो कुनै इसाई मण्डली वा चर्च जान सक्दैनन्, र जसको सँगत वा सम्पर्क कुनै ख्रीष्टिय साथी वा मण्डलीसँग छैन।

हामीबाट यी पाँचवटा पाठ्यक्रमहरूको अध्ययन गर्नको साथै तपाईंले आत्मिक किताबहरू र अन्तमा धर्मशास्त्र पवित्र बाइबलको एक प्रति सित्तैंमा उपहारको रूपमा पाउनुहुन्छ। तपाईंले दस पल्टमा हाम्रा अध्ययनक्रमहरू पूरा गरेर पवित्र बाइबल पाउनुहुनेछ। बाइबल–अध्ययनबाट मनमा उठेका प्रश्नहरूको जवाफ हामीलाई सोध्नुहेस् र हामी तपाईंलाई यिनका उत्तरहरू इमानदारीपूर्वक दिने प्रयास गर्छौं, र तपाईंलाई सकभर आत्मिक सहायता दिनलाई हामी सधैं तत्पर रहनेछौं। एन.बी.सी.आई.का पाठ्यक्रमहरू अध्ययन गर्न यहाँले हाम्रो वेबसाइटबाट क्रमैसँग डाउनलोड गर्नुहोस्। त्यसपछि आफ्नो सुविधाअनुसार इमेल वा हुलाकको माध्यमद्वारा प्रेशित गर्नुहोला।   

एन.बी.सी.आई. को भेटघाटका कार्यक्रमहरूः

नेपालमा बस्ने एन.बी.सी.आई.का विद्यार्थीका निम्ति हामी बेला–बेलामा तीनचार दिने भेटघाट कार्यक्रम र सम्मेलनहरू गर्ने गर्छौं। यस्तो भेटघाट वा सम्मेलनमा भाग लिन चाहेमा हामीसित सम्पर्क राखी विस्तृत जानकारी पाउनुहोस्; तपाईं बसेको ठाउँमा प्रभु येशूलाई मान्ने साथी वा इसाई मण्डलीसित सम्पर्क राख्न चाहेमा हामी तपाईंलाई सम्बन्धित मानिस वा संस्थासित मिलाउने प्रयत्न गर्नेछौं।

एन.बी.सी.आई.मार्फत सित्तैंमा उपलब्ध हुने पर्चाहरूः

हाम्रा एन.बी.सी.आई.का पाठ्यक्रम अध्ययन गर्ने विद्यार्थीहरूका निम्ति निम्न सुसमाचारका पर्चाहरू तपाईंको व्यक्तिगत सेवकाइका निम्ति सित्तैंमा पठाउँछौं।
पैसा पैसा पैसा
सत्ययुग आउँदैछ
मदिरा क्या मीठो त्यसको नतिजा क्या तीतो !
के ख्रीष्टियान धर्म विदेशी धर्म गाई खाने धर्म हो ? 
अबको चालीस दिनमा
विकाश ! विकाश !! नाश हुने विकाश हो कि ?
के तपाईं एक आधुनिक मानिस हुनुहुन्छ ?
प्रख्यात मानिसहरूका अन्तिम शब्दहरू
पैसाले किन्न सकिन्छ …पैसाले किन्न सकिँदैन
यस्ता सुसमाचारीय पर्चाहरू तपाईंलाई चाहेमा हामीसँग सम्पर्क राख्नुहोला। धन्यबाद !

The Nepali Bible Correspondence Institute:

The beginning of NBCI


In 1870 the Scottish Presbyterian Mission sent their first missionaries to the Darjeeling District of West Bengal in India. Later other missions followed, among them was WEC missionary Mr. van Dycks. In the year 1955, he developed the Darjeeling Bible Correspondence Institute for all seekers among the listeners of the newly launched Christian radio broadcast linked with the DBCI. By 1966, nearly 10’000 students had enrolled to the DBCI, and it kept growing in these early years.

Later when these missionaries had to leave India, the DBCI institute was handed over to Mrs. Jill James-Cook, a missionary from the UK, with Regions-beyond Missionary Union. Mrs. Jill Cook, who was married to Mr. James, an Indian, resided in Motihari, Bihar. At that time, the name of the correspondence institute changed to NBCI. She supervised the institute for more than 20 years until 1994. Within these years another 10’000 students benefited from the profound teaching of these simple, but powerful correspondence courses, based upon the Word of God, the HOLY BIBLE.

Since a few years, NBCI shifted its office to Kathmandu, from where now our services are available to all the people of Nepal. Praise God, a new epoch has started with the introduction of all NBCI courses through the internet. In this way, we hope to make these valuable courses available and a source of eternal blessing to a much wider audience of our Nepali friends, throughout the whole world.


FOLLOWING SERVICES ARE OFFERED BY NBCI:

The correspondence courses:


The NBCI offers altogether five correspondence courses. The first four courses are basic courses, covering topics, such as creation, the fall, sin and its consequences for man, the way of salvation, the parables of the Lord Jesus in the New Testament, a study of the Gospel of John, and a personal application of these Gospel truths. On the completion of these four correspondence courses, a copy of the whole Bible we send as gift by post to each successful student. To each of these courses a certificate will be issued on completion to encourage the student to continue his study of the Bible under the guidance of NBCI, Kathmandu.


The 5th correspondence course called ‘Discipleship course’ is offered to those students who have no church background, and who have no access to any Bible believing Christian church. Besides the gift of the Holy Bible to each completing student, we give with each completed part of these courses some books and booklets as prizes, to round up the teaching of God’s Word with instructive and edifying materials. The first four courses will be completed in ten parts.

NBCI’s follow-up program:

For NBCI students who have completed the courses we offer a follow-up program. We invite them to a 3-4 days conference near their locality within Nepal, where they will be instructed in how to believe and follow the Lord Jesus as their personal Lord and Saviour. If desired we linked them to a local church, which will build up relations with them and keep fellowship and friendship with them. For some of them such a follow-up conference is the first time and only way of meeting other Christians.

Tracts for personal use:

We offer a number of Gospel tracts to our students, for their personal use. Titles presently available are: Paisa, paisa paisa, Satyayug aundaichha, Madira kya mitho, tyasko natija kya tito, Ke Kristyan Dharma videshi Dharma, Gai khane Dharma ho?, Abako 40 dinma, Vikash, vikash, nash hune vikash ho ki?, Ke tapaai ek adhunik manis hunuhunchha?, Prakhyat manisharuka antim shabda. Please feel free to contact us!

Thank you!

All rights rights reserved NBCI
Desigened by: Nepal Church Ministries
Page View visitors count