
के साँच्चै सबै एउटै हो?
केही हप्ता अघिको कुरा हो ः म सौदापात गर्न बजारमा आएको थिएँ । तब म सिँढ़ी चढ्दै गर्दा अचनक एकजना अज्ञात मानिसले मलाई नमस्ते गरे र मलाई छेउमा भएको मन्दिरमा आई प्रसाद खाने निम्तो गरे । तिनको कुरा अनुसार बितेको समयमा तिनीसँग मेरो एकपल्टको भेट भएको थियो अरे । तर के गर्ने ? तिनीसितको यो भेट मैले भुलिपठाएँ। तब मैले विनम्रतापूर्वक तिनको अनुरोध इन्कार गरें, र 'माफ गर्नुहोस्, म इसाई हुँ' भनें । तब ती मानिसले मलाई कर गर्न खोजेर भनेः 'भाइ, सबै एउटै हो ।' मैले तिनीसँग तर्क गर्न चाहँदिनथिएँ; तर मैले यति भनेंः 'तपाईं पक्का पनि विवेकशील मानिस हुनुहुन्छ; यसकारण तपाईं असल र खराब, सत्य र झूटको बीचमा अवश्य छुट्ट्याउन सक्नुहुन्छ ।'
त्यसपछि अर्को घटना घट्यो, जुन घटनाचाहिँ यो सानो पर्चा लेख्ने प्रेरणा बन्यो । आइतबारको दिन म चर्च जान लागेको बेलामा मैले एकजना गाउँले दाजुलाई बाटोमा भेटें र तिनलाई अभिवादन गरें, जसले मलाई सोधेंः ‘तपाईं कहाँ जाँदै हुनुहुन्छ ?' मैले 'म चर्च गएको' भनें । अनि मैले तिनलाई ‘दाज्यू, अनि तपाईं ? नातिलाई लिएर तपाईं कहाँ जाँदै हुनुहुन्छ' भनेर सोधें । तिनी त प्रणामीको मन्दिरमा गएका रहेछन् । अनि अचम्म, त्यस बेलामा तिनको मुखबाट मैले फेरि 'सबै एउटै हो' भन्ने यही वाक्य सुनें !
I
|
अनि यही कुरा लिएर म यहाँ तपाईंको सामु निम्न तर्क पेस गर्न चाहन्छु । म तपाईंलाई सोध्छुः के तपाईंको निम्ति सबै एउटै हो ? के अन्धकार र उज्यालो एउटै हो । के धर्म र अधर्म एउटै हो ? के स्वर्ग र नरक एउटै हो ? अनि तपाईंले खाना खाँदा ‘सबै एउटै हो' भन्नुहुन्छ र जेपनि मुखमा हाल्नुहुन्छ,
२
कि आफ्नो निम्ति हितकारी, पुष्टकारी, स्वास्थ्यलाभ गर्ने असल, शुद्ध खानेकुरा खानुहुन्छ ? तपाईंका छोरा वा तपाईंकी छोरीको निम्ति जीवन-साथी खोज्ने बेलामा तपाईं जुनै पनि दुलहा वा जुनै पनि दुलाहीलाई स्वीकार गर्न तयार हुनुहुन्छ कि उनको निम्ति हर दृष्टिकोणले सुयोग्य, सबैभन्दा उत्तम जोड़ी खोज्नुहुन्छ ? तब ईश्वरको सम्बन्धमा के- कसो हो ? के तपाईंको निम्ति जुनै पनि ईश्वर, जुनै पनि धर्म चल्छ ?
|
आज म तपाईंलाई आग्रह गर्छु र विवेकशील हुनुहुन अनुरोध गर्छु । हामी आत्मिक रूपले अन्धा हुनुहुँदैन; हामी सत्य जान्नदेखि डराउनुहुँदैन । हामी सत्यतादेखि लुक्नुहुँदैन । किनकि हामी विवेकशील प्राणी हौं । आउनुहोस्, हामी पवित्र बाइबलबाट निम्न ऐतिहासिक, साँचो विवरण पढ़ौं, र त्यसपछि हामी एउटै निष्कर्षमा आइपुग्छौंः मानिस विवेकशील प्राणी हो ।
'अनि साँपचाहिँ परमप्रभु परमेश्वरले सृष्टि गर्नुभएका सबै वनका पशुभन्दा बढ़ी धूर्त थियो । अनि त्यसले स्त्रीलाई भन्योः ‘के तिमीहरूले बगैंचाको कुनै पनि रूखको फलबाट खानुहुँदैन ? के परमेश्वरले यही भन्नुभएको हो ?' तब त्यस स्त्रीले साँपलाई भनीः 'बगैंचाका सबै रूखहरूको फलबाट हामी खान सक्छौं, तर बगैंचाको केन्द्रमा भएको रूखको फलको विषयमा चाहिँ परमेश्वरले यसो भन्नभयोः 'त्यसबाट तिमीहरूले नखानू, त्यसलाई नछुनू; न ता तिमीहरू मर्नेछौ ।' तब साँपले स्त्रीलाई भन्योः ‘तिमीहरू निश्चय मर्नेछैनौ; किनकि परमेश्वर जान्नुहुन्छ, कि जुन दिनमा तिमीहरू त्यसबाट खान्छौ, त्यही दिनमा तिमीहरूका आँखाहरू खोलिनेछन्, र तिमीहरू परमेश्वरजस्तै असल र खराब जान्ने हुनेछौ ।' अनि जब त्यस स्त्रीले त्यस रूखको फल त साँच्चै खानको निम्ति असल, हेर्नको निम्ति मनोहर र बुद्धिमान् तुल्याउनको निम्ति चाहा गर्न लायकको हुँदो रहेछ भनी देखी, तब उसले त्यसको फलबाट टिपी, खाई र आफूसित भएका आफ्ना पतिलाई पनि दिई;
अनि तिनले पनि खाए । तब तिनीहरू दुवैका आँखाहरू खुले, र हामी नाङ्गा रहेछौं भनी तिनीहरूले थाह पाए; अनि तिनीहरूले नेभाराका पातहरू जोड़ेर आफ्नो निम्ति ढाक्ने लुगा सिलाए ।
उत्पत्ति ३:१-७
,
यस विवरणमा पढ़ेको घटना सृष्टिको उत्पत्तिमा घटेको घटना हो । याद रहोस्ः [: शुरुमा मानिस पापरहित थियो, मानिस अनजान थियो, अनि मानिसमा विवेक थिएन । तर उक्त घटनाले उसको अवस्थामा ठूलो भिन्नता ल्यायो । मानिसले साँपको रूप लिएर आउने, उसलाई पापको प्रलोभन गराउने शैतानको छली कुरा सुन्यो, र अति सोझो भई परमेश्वरको सुस्पष्ट आज्ञा उल्लङ्घन गरयो । शुरुका यी दुईजना मानिसहरूले के गरे ? तिनीहरूले दिव्य आज्ञाद्वारा मनाही गरिएको रूखको फल खाए । तब के भयो ? तिनीहरूका आँखाहरू खुले, तिनीहरूले आफ्नो नग्नता देखे, तिनीहरू लज्जित भए; तिनीहरू परमेश्वरदेखि डराउन र उहाँको सामुबाट लुक्न थाले । किन ? किनकि त्यस दिनमा तिनीहरूको विवेक जन्म्यो, र तिनीहरूले आफूलाई दोषी भेट्टाए; किनकि तिनीहरूले असल र खराब ज्ञान दिने रूखको फल खाए । भिन्नता यसैमा छ है । हामी अन्धा होइनौं, हामी विवेकशील मानिस हौं । हामी असल र खराब, सत्य र झूट छुट्टयाउन सक्षम छौं । पवित्र बाइबल यसको साक्षी बसेको छ । तब कसरी सबै एउटै हुने भयो ? यो हुनै सक्दैन । यो भनाइ साँचो होइन, सत्य हुँदै होइन ।
यहाँ आएर म तपाईंसँग श्री रेश्मराज पौडेलको कुरा गर्नुपर्छ । सन् १९४२ सालमा उनी नेपालको स्याङ्जा जिल्लामा जन्मे । उनी ब्रह्मण थिए, उनी पुरहितको छोरा थिए; उनले मन्दिरको सेवा र देवीदेवताहरूको पूजाआजा गर्दैथिए । अनि उनको जवानीको दिनमा यस्तो भयोः भारतको उत्तर प्रदेशमा घुमघाम गर्दा उनले बाटोमा प्रचार गर्ने टोलीबाट पवित्र धर्म-शास्त्र बाइबलको ‘नयाँ नियम' नामक पुस्तक किने । अनि अब उनको मुखको साक्षी सुन्नुहोस्ः
I
उनले नयाँ नियम नामक पवित्र पुस्तक पढ़े र प्रभु येशूमा हिन्दू धर्मका देवीदेवाहरूको गुणभन्दा एकदम भिन्न, धेरै फरक चरित्रवान् व्यक्तिलाई भेट्टाए। येशूजस्तै पवित्र र धर्मी, येशूजस्तै नम्र र भलो, येशूजस्तै दयालु र प्रेमी, येशूजस्तै शक्तिशाली, अहँ, उनले यस्तो कुनै भगवानलाई चिन्दैनथिए । अनि उनको इमानदार खोजको फलस्वरूप उनी पछि इसाई भए । किन ? किनकि विवेकशील भएर उनले असल र खराब, सत्य र झूटको बीचमा छुट्टयाउन सके ।
यसकारण तपाईंको निम्ति हाम्रो सल्लाह यस प्रकारको छः तपाईं आफ्नो निम्ति हेर्नुहोस् र आफ्नो निम्ति पत्ता लगाउनुहोस् ! नयाँ नियमको पुस्तक किनेर यसमा येशूको सुसमाचार नामक चारवटा पुस्तिकाहरू पढ्नुहोस् ! तब तपाईंले भिन्नता थाह पाउनुहुनेछ । संसारभरि येशूजस्तै सर्वोत्तम व्यक्ति अरू कहीं छैन । तब तपाईंले आफूलाई प्रश्न गर्नुहोस्ः के उहाँ देहधारी हुनुभएको सत्य परमेश्वर हुनुहुन्न ? यस विषयमा पवित्र बाइबलको साक्षी सुन्नुहोस्ः संसारका सबै मानिसहरूको निम्ति एकमात्र मुक्तिदाता प्रभु येशू हुनुहुन्छ । उहाँ संसारको ज्योति भएर आउनुभयो । अनि ज्योति भएर उहाँ तपाईंलाई सत्यको ज्ञानमा ल्याउनुहुन्छ; किनकि उहाँले भन्नुभयोः 'संसारको ज्योति म नै हुँ; मेरो पछि लाग्ने मानिस अन्धकारमा हिँड्नुपर्दैन, तर उसले जीवनको ज्योति पाउनेछ' (यूहन्ना ८:१२) । यसकारण परमेश्वरको दिव्य ज्योतिलाई आफ्नो जीवनमा ठाउँ दिनुहोस् ! तपाईं अन्धकारमा किन रहिरहनुहुन्छ ? 'सबै एउटै हो' किन भन्नुहुन्छ ? यसो भन्ने मानिस परमेश्वरको सामु अयोग्य, असत्य ठहरिन्छ । कि त उसको विवेकले काम नगरेको हुनुपर्छ, कि त शैतानले उसका आँखाहरू अन्धा तुल्याएको हुनुपर्छ । अरूको लहैलहैमा नफस्नुहोस् ! होइन, होइन, विवेकशील मानिस बन्नुहोस्, सबै कुरा जाँच्नुहोस् अनि असल र खराबको बीचमा छुट्ट्याउनुहोस् !
५
तपाईंलाई विवेकशील मानिस ठानेर म तपाईंको सामु निम्न कुराहरू राख्न चाहन्छुः
क) पृथ्वीमा भएका सारा सृष्टिका थोकहरू हेर्नुहोस् ! आकाशका अनगिन्ती ताराहरू हेर्नुहोस्, र ईश्वर केवल एकैजना हुनुहुन्छ भन्ने कुरा बुझ्नुहोस् ! उहाँ सारा ब्रह्माण्डको सृष्टिकर्ता हुनुहुन्छ ।
ख) सृष्टिकर्ता परमेश्वरलाई, अनि उहाँको रूप कसैले कहिल्यै देखेको छैन; तब उहाँलाई कुनचाहिँ रूप दिए ठीक होला ? होइन, हामी मानिसले उहाँको विषयमा गरेका सबै कल्पनाहरू बिलकुल झूट हुन् । किनकि उहाँ निराकार सृष्टिकर्ता हुनुहुन्छ, जसको अनन्त शक्ति र उहाँका सद्गुणहरू उहाँले सृष्टि गर्नुभएका थोकहरूबाट थाह लाग्छ । तब उहाँलाई मूर्तिको रूपमा कसरी मान्न सकिन्छ ? उहाँले सृष्टि गर्नुभएका थोकहरू मानिसहरूले कसरी ईश्वर ठानून् ? पक्का पनि यो धर्म गनिँदैन, तर यो त सरासर पाप पो भएको हुनुपर्छ ।
ग) हामी सबै मानिसहरू उहाँको सृष्टि हौं । तब इसाईहरूको ईश्वर अलग्गै, हिन्दूहरूको ईश्वर अलग्गै, मुस्लिमहरूको ईश्वर अलग्गै र बौद्ध धर्म मान्नेहरूको निम्ति अलग ईश्वर हुनु, कसरी ? अहँ, यो असम्भव हो ।
घ) संसारमा कोही पनि मानिस धर्मी छैन । हामी सबै पापी हौं । हाम्रो सोचविचारले, हाम्रा कर्मले र हामीले बोलेका शब्दले हामी पापी छौं । तब पापी मानिसले आफूलाई कसरी शुद्ध पार्न सक्ला त ? के उसको नाजुक, पापी अवस्थाको माग धर्मकर्महरू होइन, तर परमेश्वरको निगाह र एकजना मुक्तिदाता हो ।
ङ) परमेश्वरले हामीलाई यत्तिकै, हाम्रो पापी अवस्थामा छोड्नुभयो भने, हामी सबैजना कहिल्यै ननिभ्ने नरकको आगोको योग्य ठहरिन्छौं । किनभने पवित्र परमेश्वरले पापी मानिसलाई त्यसका कर्महरूको प्रतिफल दिनुहुनेछ र त्यसका कुकर्महरूको निम्ति दण्ड दिनुहुनेछ नै । अनि पापको दण्ड अनन्त
६
मृत्यु हो । अर्को शब्दमा भन्नु हो भने, यो त अनन्त - अनन्तसम्म नरकमा तड्पिरहनु हो ।
च) प्रभु येशूलाई र उहाँको क्रसको मृत्यु विचार गर्नुहोस् ! सारा संसारका पापहरू उठाइलैजाने पाप - बलि उहाँ हुनुहुन्छ । तपाईंप्रति परमेश्वरको प्रेम कतिको छ, सो सम्झनुहोस् ! उहाँ तपाईंका सबै पापहरू क्षमा गर्नको निम्ति क्रूस मर्नुभयो र आफ्नो पवित्र, अमूल्य रगत बगाउनुभयो । उहाँको रगतको दाम हेला नगर्नुहोस्, किनकि तपाईंको निम्ति परमेश्वरको प्रेमको प्रमाण यही हो ।
छ) तब हामीले परमेश्वरको प्रेम ग्रहण नगर्नु, कसरी ? यो त हाम्रो महापाप ठहरिन्छ । यसकारण समय छँदै परमेश्वरको प्रेम ग्रहण गर्नुहोस् !
ज) अनि उहाँको बौरिउठाइको विषयमा कसो हो ? उहाँ मानिस मात्र हुनुभएको भए, उहाँको चिहान रित्तो हुनेथिएन । तर उहाँको शरीरको पुनरुत्थानले गर्दा उहाँ परमेश्वरको एकमात्र पुत्र ठहरिनुभयो, जसको सामु एक दिन संसारका सबै जातिका मानिसहरूले आफ्ना घुड़ा टेक्नुपर्नेछ र उहाँलाई प्रभुको रूपमा स्वीकार गर्नुपर्नेछ ।
अन्तमा पवित्र बाइबलको निम्न वचन सुन्नुहोस्ः
‘कतिजनाले ढिलाइ सम्झैं प्रभु येशू आफ्नो प्रतिज्ञाको विषयमा ढिलो गर्नुहुन्न नै, तर कोही पनि नष्ट नहोस्, तर सबैले पश्चात्ताप गर्ने मौका पाऊन् भन्ने इच्छा राखेर उहाँ हामीप्रति धीरज धर्नुभएको छ ।'
२ पत्रुस ३: ९ अब यो सानो पर्चा पढ़ेपछि तपाईं के भन्नुहुन्छ ? के तपाईं 'सबै एउटै हो' भन्नुहुन्छ
कि 'हे प्रभु येशू, ममाथि दया गर्नुहोस् र मलाई बचाउनुहोस्' भन्नुहुन्छ ? यो निर्णय हामी तपाईंको हातमा छोडिदिन्छौं । तर यसको विषयमा तपाईंले जान्नुपर्छ, कि यस निर्णयमाथि तपाईंको अनन्त भाग्य निर्भर गर्छ ।
यस सम्बन्दमा तपाईंले कुरा अझ बढ़ी बुझ्न र सिक्न चाहनुभयो भने अथवा तपाईंलाई तपाईंको जीवनमा आत्मिक सहायताको खाँचो परेमा निम्न ठेगानामा हामीसित सम्पर्क राख्नुहुन अनुरोध गर्छौं ।
धन्यवाद ।
email: [email protected]
प्रिय पाठक मित्र, आज सुनौलो मौका छोप्नुहोस्, र अडियो पोडकास्ट, रोचक किताबहरू र अन्य आत्मिक पुस्तक- पुस्तिकाहरू सित्तैंमा हाम्रो निम्न web page बाट डाउन लोड गरेर पढ्नुहोस्ः
www.nbcinepal.org
https://www.nbcinepal.org/
SCAN ME
८